सुनले लेखिएको यो एक मात्रै प्रज्ञापारमिता हो

यो महिनाको ८ दिन ठमेलको विक्रमशील महाविहार विशेष उत्सवमय भयो । ५ महाविहारका धर्मगुरु जम्मा भए । स्वर्ण अक्षरको प्रज्ञापारमिता पाठ गरे । अनि भगवान्लाई ८४ व्यञ्जन खानेकुरा खुवाए ।

‘सुनले लेखिएको यो एक मात्रै प्रज्ञापारमिता हो, जसलाई हामीले पुस्तौंदेखि जोगाइरहेका छौं,’ महाविहारका सदस्यसचिव रहेन्द्रप्रसाद प्रधानले सुनाए, ‘यो सत : सहर्षसिर्खा प्रज्ञापारिता हो । यो मञ्जुश्रीकै पालामा सुनको अक्षरले लेखिएको हो ।’

प्रज्ञापारिमिता चार वेदजस्तै हो । यो पनि चार खण्डमा छ । पहिलो खण्ड ‘य’ हो । ‘य’ भनेको वायुतत्त्व हो । दोस्रो खण्ड ‘र’ बाट सुरु हुन्छ । ‘र’ भनेको अग्नितत्त्व हो । तेस्रो खण्ड ‘ल’ हो । ‘ल’ भनेको पृथ्वी तत्त्व हो । चौथो खण्ड ‘व’ बाट सुरु हुन्छ । ‘व’ भनेको वायुतत्त्व हो । ‘बौद्ध दर्शनमा पञ्चतत्त्वको महत्त्व छ । वायु, अग्नि, पृथ्वी र जलतत्त्वको बयान गरिएको छ । पछि आकाश तत्त्व थपियो,’ प्रधान भन्छन्, ‘जीव, निर्जीव सबैमा ४ तत्त्व हुन्छन् ।’

https://i1.wp.com/www.swadeshnepal.com/wp-content/uploads/2018/11/ranjaaIMG_0679-12082017095601-1000x0.jpg?w=800&ssl=1


Posted

in

by